अर्जेन्टिनामा भएको फिफा यू-२० विश्वकप फुटबलको उपाधि उरुग्वेले जिते
अर्जेन्टिनामा भएको फिफा यू-२० विश्वकप फुटबलको उपाधि उरुग्वेले जिते
    • Bell Sanchar

    • २९ जेष्ठ २०८०, सोमबार

काठमाडौं ।

छिमेकी अर्जेन्टिनामा भएको फिफा यू-२० विश्वकप फुटबलको उपाधि उरुग्वेले जितेको छ ।

उरुग्वेले सोमबार बिहान भएको फाइनलमा इटलीलाई १-० ले पराजित गर्दै पहिलो पटक यू-२० विश्वकप जितेको हो ।

उरुग्वेका लागि लुसियानो रोड्रिगेजले ८६औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए ।त्यही गोल नै उरुग्वेलाई उपाधि जिताउन निर्णायक बन्यो  ।

यसअघि १९९७ र २०१३ मा उपविजेता बनेको उरुग्वे तेस्रो प्रयासमा उपाधि जित्न सफल भएको हो ।

अर्जेन्टिनाले सर्वाधिक ६ र ब्राजिलले ५ पटक यू-२० विश्वकप जितेका छन् ।

साताकाे चर्चित
सम्बन्धित