कनकासुन्दरी ७ देयारपाटा गाउँमा खानेपानीको हाहाकार
कनकासुन्दरी ७ देयारपाटा गाउँमा खानेपानीको हाहाकार
    • उमेश बुढा

    • २९ जेष्ठ २०८०, सोमबार

जुम्ला ।

जुम्लाको कनकासुन्दरी गाउँपालिका वडा नम्बर ७ मा पर्ने देयारपाटा गाउँका १२० घर धुरीका मानिस खानेपानीको हाहाकारमा परेका छन् ।

गाउँदेखि झण्डै ३ किलोमिटर टाढा पर्ने सिम दह र मथुरा पानीको मुलदेखि ल्याएको पानीका धारा ७ ओटा गाउँको पाएक पर्ने ठाउँमा रहेका छन् । तर यि धारामा बिहान बेलुका १ घण्टा मात्र आउने गरेको देखिन्छ ।

पानीको धारामा पानी भर्नेहरुको निकै भिड् लाग्ने गरेको छ । लिटरको रुपमा पानी भरेर खाने गरेका छौँ । स्थानीय जीवन हमालले बताउनु भयो ।
धारोमा पानी भर्नको लागी दिउँसो ४ बजेबाट धारोमा भाडाहरु लाइनमा राखेर पनि पानी भर्ने पालै मिल्दैन । खेतवारीबाट काम गरी आयो घरमा पानीकै चिन्ता हुने गरेको छ , हमालले बताए ।

गाउँ नजिकै कुला , नाउँला खोला, नदी पनि नभएको देयारपाटामा पानीको ठुलो समस्या देखिएको छ । यहाँका मानिसले कसरी पानी खाएर बाँच्ने हो । भन्ने चिन्तामा छन् ।

सोही गाउँकी तुल्छा जिसीका अनुसार बिहान बेलुका खाना कसरी पकाएर खाने हो । पानी नै छैन् घरमा गाग्री खालि नै हुन्छन् धारोमा पानी ल्याउन जाऊँ पानी आउँदैन ।

संघसंस्था र स्थानीय सरकार देखि कुनै नेताले हामीलाई पानीको समस्याको हल गरिदिएको भए देयारपाटा गाउँ नै खुसी हुने थियौँ ।

२०५२ सालदेखि बनेका धाराको भरमा परेका गाउँले अहिले पानीको मुल सुकेर ट्वाङ्कीमा पानी जम्मा हुन नसकेर धारोमा पानी आएको छैन् ।

यसरी देयारपाटा गाउँमा खानेपानीको हाहाकार हुँदासम्म पनि स्थानीय , प्रदेश र संघ सरकारले टुलुटुलु हेरर बसिरहेको देखिन्छ । देवारपाटा गाउँ वासीको भनाई रहेको छ ।

विद्यायल जाँदा बिद्यार्थी हात मुख धुन र नुहाउन पाएका छैनन् । घरमा खाना पकाउने पानी पिउने पानी नै हुदैन त्यसैले बिद्यार्थीलाई पनि सरसफाई गर्नलाई समस्या परेको छ ।
अर्का स्थानीय तँग प्रसाद काँफले भन्नु हुन्छ , गाउँदेखि टाढा रहेको खिच्ने चौरमा पानी ल्याउन मेरो घरका र गाउँलेहरु जान्छन् ।

नजिकैरहेको छिमेकी गाउँ रोकायावाडाबाट पनि पानी ल्यनएर खाने गरेको काँफलले बताए ।

गाउँमा पानीको मुल पनि रहेको छ , तर पानीको मुलमा पनि पानी सानो आउँछ र फोहोर देखिन्छ । त्यहीँ पानी पनि घरमा ल्याएर भाँडाकुँडा धुने गरेका छन् ।

वडा ७ का वडा अध्यक्षका तेज वहादुर जिसीका अनुसार पानीको मुलको खोजिमा छु । बजेटको पहलको लागि आफू लागि परेको अध्यक्ष जिसीले बताउनु भयो ।

बैशाख , जेष्ठको खडेरीका कारणले मात्र नभएर देयारपाटा गाउँमा बाह्य महिना खाने पानीको समस्या देखिन्छ ।

साताकाे चर्चित
सम्बन्धित