अर्थमन्त्री महतले गरे विवादास्पद संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमको बचाउ
अर्थमन्त्री महतले गरे विवादास्पद संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमको बचाउ
    • Bell Sanchar

    • २९ जेष्ठ २०८०, सोमबार

काठमाडौं ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले चौतर्फी विरोध भएको संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमको बचाउ गरेका छन् ।

बजेटमाथि संसदमा भएको सामान्य छलफलको क्रममा सांसदले उठाएका प्रश्नको सोमवार प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै मन्त्री महतले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमको बजेट सार्वजनिक खरिद कानूनअनुसार कार्यान्वयन गरिने बताएका हुन् ।

सांसदहरूको भूमिका भनेको आयोजना छनोटमा सहभागी हुने उनले बताए ।

‘जनप्रतिनिधिको आफ्नो निर्वाचन क्षेत्रमा सञ्चालन हुने आयोजना छनोटमा सहभागी गराउने विषयलाई नकारात्मक दृष्टिकोणले मात्र हेर्नु हुँदैन ।

यस कार्यक्रममा सांसदहरूको भूमिका भनेको आयोजना छनोटमा सहभागी हुने मात्र हो,’ मन्त्री महतले भने, ‘नियमित सरकारी संरचनाबाटै सार्वजनिक खरिद कानूनअनुसार कार्यान्वयन गरिनेछ ।

यससम्बन्धी कार्यविधि छिटो तर्जुमागरी कार्यान्वयनमा ल्याइनेछ ।’

महतले आयोजना छनौटमा सबै संघीय सांसदको भूमिका रहनेगरी कार्यविधि ल्याइने समेत प्रतिबद्धता जनाए ।

महतले आगामी आर्थिक वर्षको बजेटमा संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमको नाममा प्रत्यक्ष निर्वाचित सांसदलाई ५ करोडका दरले रकम दिने घोषणा गरेका थिए ।

यो कार्यक्रमको संसदमा समेत समेत विरोध भएको थियो ।

साताकाे चर्चित
सम्बन्धित