साना क्षमताका सवारीमा कर घटाइएको अर्थमन्त्रीको दाबी
साना क्षमताका सवारीमा कर घटाइएको अर्थमन्त्रीको दाबी
    • Bell Sanchar

    • २९ जेष्ठ २०८०, सोमबार

काठमाडौं ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले आम नागरिकले प्रयोग गर्ने साना क्षमतामा सवारीमा कर घटाइएको दाबी गरेका छन् ।

आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा उठेका प्रश्नको संसद्‍मा जवाफ दिँदै डा. महतले विगतमा १०० किलोवाटदेखि २०० किलोवाट क्षमताको सवारी साधनमा १०० किलोवाटसम्मको तुलनामा अमिल्दो दर भएको देखिएकोले आम नागरिकले प्रयोग गर्ने वर्गमा पर्ने यस्ता साधनको दर समेत समायोजन गर्न करको दर घटाइएको बताएका हुन् ।

यो वर्गमा कुनै एक सवारी साधन नपरी विभिन्न कम्पनीका साधन पर्ने भन्दै उनले आर्थिक ऐन, २०७९ बाट भएको करको दरमा परिवर्तन हुनु भन्दा अगाडि आर्थिक वर्ष २०७८/७९ मा आयात भएका १ हजार ८०७ वटा सवारी साधन मध्ये ७९२ वटा करिब ४३ प्रतिशत सवारी साधन यसै वर्गका रहेको उनको भनाइ छ ।

चालु आर्थिक वर्षमा १०० किलोवाटसम्मका सवारी साधनलाई मात्र प्रोत्साहन गर्ने नीति अवलम्बनका कारण अधिकांश सवारी साधन १०० किलोवाटसम्मका सवारी साधन मात्र आयात भएको देखिएको उनले तर्क गरे ।सरकारको विद्युतीय सवारी साधनलाई प्रोत्सान गर्ने नीतिकै कारण सवै क्षमताका साधनको दरमा समानुपातिक, वैज्ञानिक र प्राकृतिक देखिने गरी समायोजन गरिएको उनले बताए ।

साताकाे चर्चित
सम्बन्धित