प्युठानमा स्वर्गद्वारी दर्शन गरेर फर्केका तीर्थयात्री चढेको निजी गाडी दुर्घटना
प्युठानमा स्वर्गद्वारी दर्शन गरेर फर्केका तीर्थयात्री चढेको निजी गाडी दुर्घटना
    • Bell Sanchar

    • २९ जेष्ठ २०८०, सोमबार

 प्युठान ।

प्युठानमा स्वर्गद्वारी दर्शन गरेर फर्केका तीर्थयात्री चढेको निजी गाडी दुर्घटनामा परेको छ ।

लु १ च ६३४५ नम्बर को ८ जना सवार गाडी स्वर्गद्वारी नगरपालिका ४ उपल्लो भिङ्रीमा सडकबाट तल खसेर दुर्घटना भएको हो ।

गाडीमा लमही ५ का २ महिला २ पुरुष र ४ बालबालिका सवार रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेकालाई उद्धार गरेर अस्पताल लगिँदै गरेको र उनीहरुको अवस्था अहिलेसम्म एकीन नभएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय प्युठानका डीएसपी सुवास खड्काले भने, ‘उद्धार भइरहेको छ, उनीहरुको अवस्था के छ भनेर अस्पताल आएपछि नै थाहा हुन्छ ।’

साताकाे चर्चित
सम्बन्धित