मलेसियाबाट उडेको नेपाल एयरलाइन्सको विमान पहिलोपटक भैरहवामा अवतरण
मलेसियाबाट उडेको नेपाल एयरलाइन्सको विमान पहिलोपटक भैरहवामा अवतरण
    • Bell Sanchar

    • ३० जेष्ठ २०८०, मंगलवार

काठमाडौं ।

नेपाल एयरलाइन्सले मलेसियाको क्वालालम्पुरबाट भैरहवा विमानस्थलमा पहिलोपटक अवतरण गरेको छ ।

विमानस्थल सञ्चालनमा आएको १ वर्षपछि मंगलवारबाट भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय नियमित उडान शुरू भएको हो ।

मुलुककै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा मलेसियाको क्वालालम्पुरबाट आएको विमानको स्वागत संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले गरे ।

राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको एयरबस कोललाम्पुरबाट उडेर भैरहवा हुँदै काठमाडौं जानेछ, यो अब नियमित उडान हुनेछ । १५८ सिट क्षमताको नेपाल एयरलाइन्सको न्यरोबडी विमानले भैरहवाको पहिलो उडानमा १०० यात्रु मलेसियाबाट ल्याएको हो ।

नेपाल एयरलाइन्सको मलेसिया–भैरहवा–काठमाडौंको उडान ‘टर्न–अराउड’ हो, हरेक मंगलवार हुने यस्तो उडानमा जहाजले यात्रु ओरालेर फर्किने, भैरहवाबाट यात्रु राख्न नपाइने, चालक दलका सदस्यहरू पनि हेरफेर नहुने र इन्धन पनि भर्न पाउँदैन ।

null

४ घण्टा ४५ मिनेटमा मलेसियाबाट भैरहवाको उडान तय हुन्छ भने भैरहवामा यात्रु ओरालेर निगमको जहाज काठमाडौं जानेछ ।

निगमले अहिले मलेसिया–भैरहवाको भाडा ३१ हजार र मलेसिया–काठमाडौं ५६ हजार रुपैयाँ भाडा दर तोकेको बताएको छ । विमानस्थलको नेपाल वायुसेवा निगमका न्यारोबडी र वाइडबडी विमानले परीक्षण उडान गरे पनि व्यावसायिक उडान गर्न सकेको थिएन, जजिरा एयरलायन्स र हिमालय एयरलाइन्सले केही अन्तर्राष्ट्रिय उडान गरे पनि अहिले रोकिएको छ ।

साताकाे चर्चित
सम्बन्धित