प्रधानमन्त्री दाहालविरुद्धको रिटमा सुनुवाइ हुँदै
प्रधानमन्त्री दाहालविरुद्धको रिटमा सुनुवाइ हुँदै
    • Bell Sanchar

    • ३० जेष्ठ २०८०, मंगलवार

काठमाडौं।

बाल सेना दुरुपयोगलगायत आरोपमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथि आज (मंगलवार) सुनुवाइ हुँदैछ ।

पूर्व अयोग्य लडाकु लेलिन बिष्टसहितले दायर गरेको रिटमाथि आज सुनुवाइ हुन लागेको हो ।

दश वर्षसम्म चलेको सशस्त्र युद्धको समयमा बालसेना प्रयोग गरी युद्ध अपराध गरेको भन्दै प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष‘प्रचण्ड’विरुद्ध आइतवार सर्वोच्चमा रिट दर्ता भएको थियो ।

यसअघि अदालत प्रशासनले दरपीठ गरिदिएको रिट न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले शुक्रवार दिएको आदेशअनुसार दर्ता भएको थियो ।

रिटमा विष्टले आफूहरूलाई बाल सेनाको रूपमा परिभाषित गरी पहिचान दिलाई सोहीअनुसार राहत, परिपूरण, क्षतिपूर्ति र न्यायको माग गरेका छन् ।

माओवादी जनयुद्धमा बाल सैनिक प्रयोग गरिएको भन्दै विष्टले संयुक्त राष्ट्रसंघीय निकायहरूमा पनि उजुरी गर्दै आएका थिए ।

साताकाे चर्चित
सम्बन्धित