कांग्रेस कार्यबाहक सभापतिको जिम्मेवारी खड्कालाई
कांग्रेस कार्यबाहक सभापतिको जिम्मेवारी खड्कालाई
    • Bell Sanchar

    • ३१ जेष्ठ २०८०, बुधबार

 काठमाडौं ।

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कार्यवाहक सभापतिको जिम्मेवारी पाएका छन् ।

पार्टी सभापति शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर गएकाले उनको अनुपस्थितिमा खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको हो ।

देउवाले आफू स्वदेश नफर्कुन्जेलसम्म पार्टी विधानको व्यवस्था बमोजिम खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी तोकेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

सभापति देउवा फलोअपका लागि पत्नी आरजुसहित गएराति सिंगापुर गएका हुन् । उनी एकसातापछि स्वदेश फर्किने उनको सचिवालयले जनाएको छ ।

साताकाे चर्चित
सम्बन्धित