राजेन्द्र राईले बजेटअघि विश्वासको मत लिन कोशीका मुख्यमन्त्री कार्कीलाई आग्रह
राजेन्द्र राईले बजेटअघि विश्वासको मत लिन कोशीका मुख्यमन्त्री कार्कीलाई आग्रह
    • Bell Sanchar

    • ३१ जेष्ठ २०८०, बुधबार

विराटनगर ।

नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईले बजेटअघि विश्वासको मत लिन कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई आग्रह गरेका छन् ।

बुधबार प्रदेशसभाको बैठकमा बोल्दै उनले मुख्यमन्त्री अल्पमतमा परेकाले पहिले विश्वासको मत लिएर मात्र बजेट ल्याउन आग्रह गरेका हुन् ।

कोशी प्रदश सरकारले बुधबारको प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ र असार १ गते बजेट ल्याउनुपर्नेछ ।

माओवादी केन्द्र र जसपाले सरकार छाडेपछि मुख्यमन्त्री हिक्मतकुमार कार्की अल्पमतमा परेका छन् ।

एकीकृत समाजवादी कोशी प्रदेशसभा संसदीय दलका नेता राईले नैतिक र कानुनी रुपमा पहिला विश्वासको मत लिएर मात्रै बजेट ल्याउनुपर्ने बताए ।

उनले मुख्यमन्त्री कार्कीलाई प्रदेशसभामा नै बजेट पेश गर्न पनि आग्रह गरे । ‘प्रदेशसभामै बजेट ल्याउनु पर्छ, यो बाटो (अध्यादेश) को बाटोमा नजानू’ उनले भने ।

साताकाे चर्चित
सम्बन्धित