नेपाल सरकारको मुख्य सचिव पदमा डा. वैकुण्ठ अर्याल नियुक्त
नेपाल सरकारको मुख्य सचिव पदमा डा. वैकुण्ठ अर्याल नियुक्त
    • Bell Sanchar

    • ३२ जेष्ठ २०८०, बिहीबार

काठमाडौं ।

नेपाल सरकारको मुख्य सचिव पदमा डा. वैकुण्ठ अर्याल नियुक्त भएका छन् ।

आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले अर्याललाई मुख्य सचिव नियुक्त गर्ने निर्णय गरेको हो ।

हालका मुख्य सचिव शंकरदास वैरागीलाई भने राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरिएको स्रोतले बतायो ।

वैरागीको कार्यकाल आगामी असोज मसान्तसम्म छ ।हालका सचिवहरुमध्ये सबैभन्दा वरिष्ठ रहेका अर्याल हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा छन् ।

सचिवको रुपमा उनको पाँच वर्षे कार्यकाल आगामी असार तीन गते सकिंदै थियो ।

साताकाे चर्चित
सम्बन्धित