छिमेकी देशमा अष्ट्रेलियासँग भिड्दै मेसीको अर्जेन्टिना
छिमेकी देशमा अष्ट्रेलियासँग भिड्दै मेसीको अर्जेन्टिना
    • Bell Sanchar

    • ३२ जेष्ठ २०८०, बिहीबार

काठमाडौं ।

फिफा विश्वकप फुटबल २०२२ को विजेता अर्जेन्टिनाले आज अष्ट्रेलियासँग मैत्रीपूर्ण खेल खेल्दै छ।

छिमेकी मुलुक चीनमा नेपाली समयअनुसार आज साँझ पौने ६ बजे अर्जेन्टिना र अष्ट्रेलिया बीच प्रतिस्पर्धा हुनेछ ।

अर्जेन्टिना कतार विश्वकपमा अन्तिम १६ मा ​अष्ट्रेलियालाई २–१ गोल अन्तरले पाखा लगाउँदै क्वाटरफाइनलमा पुगेको थियो ।

क्वार्टरफाइनलमा २–२ को बराबरीपछि पेनाल्टी सुटआटमा नेदरल्याण्डसलाई ४–३ ले पराजित गरेको थियो ।

सेमिफाइनलमा क्रोएसियालाई ३–० ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा पुगेको थियो । फाइनलमा अर्जेन्टिना र फ्रान्सले ३–३ बराबरी खेलेका थिए ।

बराबरीपछिको पेनाल्टी सुटआउटमा अर्जेन्टिना ४–२ गोलले विजयी हुँदै उपाधिसम्म पुगेको थियो । फाइनलमा लियोनेल मेसीले २ र फ्रान्सका केलियन एम्बाप्पेले ३ गोल गरेका थिए ।

समूह चरणको पहिलो खेलमा साउदी अरेबियासँग २–१ गोल अन्तरले पराजित हुनुका बाबजुद अर्जेन्टिना विश्वविजेता बन्न सफल भएको थियो ।

साउदीले अर्जेन्टिनाको अपराजित ३६ खेलको यात्रा टुंग्याएको थियो । त्यो खेल जितेको भए अर्जेन्टिनाले ३७ खेलसम्म नहारेको इटालीसँग बराबरी गर्ने थियो । साउदीसँग हारेयता अर्जेन्टिनाले फेरि ८ खेल लगातार जितिसकेको छ ।

फ्रान्सलाई हराएर विश्वकप जितेपछि अर्जेन्टिनाले मैत्रीपूर्ण खेलमा पानामा २–० र कुराकाओलाई ७–० गोल अन्तरले पराजित गरेको थियो ।

साताकाे चर्चित
सम्बन्धित