संसद्‌मा रघुजी पन्तले मागे धर्म निरपेक्षताबारे सरकारको धारणा
संसद्‌मा रघुजी पन्तले मागे धर्म निरपेक्षताबारे सरकारको धारणा
    • Bell Sanchar

    • ३२ जेष्ठ २०८०, बिहीबार

काठमाडौं ।

नेकपा एमालेका सांसद रघुजी पन्तले नेपालको असंलग्न परराष्ट्रनीतिबारे सरकारको धारणा माग गरेका छन्

प्रतिनिधिसभाको आजको बैठकमा उनले धर्म निरपेक्षताबारे सरकारसँग प्रश्न समेत गरेका छन् । ‘धर्म निरपेक्षताबारे सरकारको दृष्टिकोण के हो ? यो संसद्‌लाई स्पष्ट पारियोस्’ उनले भने ।

बैठकमा आकस्मिक समयमा  सांसद पन्तले भारतका लागि नेपाली राजदूत शङ्कर शर्माले धर्मनिरपेक्षता र भारतसँगको कूटनीतिक सम्बन्धबारे हालै दिएको अभिव्यक्तिप्रति आपत्ति जनाए । उनले भने, ‘नेपाल असंलग्न परराष्ट्र नीतिमा अडिग हुँदै आएको छ । पछिल्लो समययता असंलग्न परराष्ट्र नीतिमा खलबल हुन थालेको छ।

’राजदूत शर्माले दिएको अन्तर्वार्तामा नेपालको धर्मनिरपेक्षतामा प्रश्न खडा गरेको उनको भनाइ थियो । ‘नेपालको संविधानमा धर्मनिरपेक्षताको कुरा छ । तर राजदूतले त्यहाँ गएर धर्मनिरपेक्षाताको विपरीत कुरा गर्नुहुन्छ’, उनले भने ।सांसद पन्तले इपिजीको प्रतिवदेनप्रति राजदूत शर्माको अभिव्यक्तिप्रति समेत आपत्ति जनाए ।

साताकाे चर्चित
सम्बन्धित