ओमानविरुद्ध नेपालको शानदार शुरूआत, ३ ब्याटर सस्तैमा आउट
ओमानविरुद्ध नेपालको शानदार शुरूआत, ३ ब्याटर सस्तैमा आउट
    • Bell Sanchar

    • ३२ जेष्ठ २०८०, बिहीबार

काठमाडौं ।

आईसीसी विश्वकप क्रिकेट छनोटअघिको वार्मअप खेलमा नेपालले ओमानविरुद्ध शानदार शुरूआत गरेको छ ।

हरारे स्पोर्ट्स क्लब जिम्बाब्वेमा जारी खेलमा सोमपाल कामीले २ तथा करण केसीले १ विकेट हात पारेका हुन् ।

सोमपालले एकै ओभरमा २ विकेट लिएका थिए ।यो समाचार तयार पार्दासम्म ६ ओभरमा ओमानले ३ विकेट गुमाएर ७ रन जोडेको छ ।

यसअघि पहिलो वार्मअपमा नेपाल यूएईसँग ३ विकेटले पराजित भएको थियो ।

साताकाे चर्चित
सम्बन्धित