नेपाल-भारत विश्वमैत्री संघ काठमाडौंको नयाँ नेतृत्व चयन
नेपाल-भारत विश्वमैत्री संघ काठमाडौंको नयाँ नेतृत्व चयन
    • Bell Sanchar

    • ३२ जेष्ठ २०८०, बिहीबार

नेपाल-भारत विश्वमैत्री संघ काठमाडौंको नयाँ नेतृत्व चयन भएकाे छ।

बुधबार साँझ अबेर सम्पन्न प्रथम महाधिवेशनबाट ज्योति रत्न बजाचार्यको अध्यक्षतामा ३७ सदस्यीय नयाँ नेतृत्व चयन भएको संघले जनाएको छ।

संघमा जनक राज पराजुली दिप सह-अध्यक्ष, युवराज श्रेष्ठ वरिष्ठ उपाध्यक्ष , सुदर्शन अधिकारी प्रथम उपाध्यक्ष, राधादेवी पराजुली भण्डारी महिला उपाध्यक्ष, ज्योति राज राई जनजाति उपाध्यक्षमा चयन भएका छन्।

त्यस्तै, उपाध्यक्षहरूमा सीताराम पोखरेल, विश्व क्रान्ति सिंह, पुष्कर जंगम, महासचिवमा किरण राज रेग्मी, सह-महासचिवमा श्याम कुमार थापा, सह-सचिवमा राजेन्द्र प्रसाद शर्मा ढकाल र कोषाध्यक्षमा प्रविन मैनाली चयन भएका छन्।

नेपाल र भारतसहित विश्वका देशहरूबीच भाइचारा, मैत्रीभाव कायम गराउन पहल गर्ने उद्देश्यसहित संघको स्थापना गरी प्रथम महाधिवेशन सम्पन्न गरिएको र आगामी दिनमा क्रमशः प्रदेश तथा जिल्ला कमिटीहरू पनि गठन गरिने नवनिर्वाचित महासचिव रेग्मीले जानकारी दिए।

साताकाे चर्चित
सम्बन्धित