लुम्बिनी प्रदेशका तीन जिल्लामा भोलि (शुक्रबार) सार्वजनिक बिदा
लुम्बिनी प्रदेशका तीन जिल्लामा भोलि (शुक्रबार) सार्वजनिक बिदा
    • Bell Sanchar

    • ३२ जेष्ठ २०८०, बिहीबार

बुटवल । 

लुम्बिनी प्रदेशका तीन जिल्लामा भोलि (शुक्रबार) सार्वजनिक बिदा दिइएको छ ।

प्रदेश सरकार, मन्त्रिपरिषद्‌को २०८० जेठ ३२ गतेको निर्णयानुसार भुम्या पर्वको अवसरमा शुक्रवार रोल्पा, रुकुम र दाङमा सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालयका सचिव लालबाबु कवारीले जानकारी दिए ।

भुम्या पर्व मगर समुदायले आफ्नो मुख्य पर्वको रुपमा ५ दिनसम्म मनाउँछन् ।

मगर समुदायले असारको पहिलो साताभर भूमिको पुजा गरी नाचगान गरेर यो पर्व मनाउने गर्छन ।

साताकाे चर्चित
सम्बन्धित