कोशी प्रदेश सरकारले ल्यायो ३६ अर्ब २४ करोड ३५ लाख १० हजार रुपैंयाँको बजेट
कोशी प्रदेश सरकारले ल्यायो ३६ अर्ब २४ करोड ३५ लाख १० हजार रुपैंयाँको बजेट
    • Bell Sanchar

    • ३२ जेष्ठ २०८०, बिहीबार

 विराटनगर ।

कोशी प्रदेश सरकारले आर्थिक वर्ष  २०८०-८१ का लागि ३६ अर्ब २४ करोड ३५ लाख १० हजार रुपैंयाँको बजेट ल्याएको छ ।

आर्थिक मामिला मन्त्रालयसमेत सम्हालेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बिहीबार अध्यादेशमार्फत ल्याएको बजेट आर्थिक मामिला मन्त्रालयको सभाहलमा वाचन गरेका हुन् ।

जसमा पुँजीगततर्फ १८ अर्ब २३ करोड ४२ लाख ५२ हजार र चालूतर्फ १४ अर्ब ३९ करोड ६३ लाख ६६ हजार  रुपैयाँ विनियोजन गरिएको छ ।

बजेटमा कोशी प्रदेशसभा सदस्य पूर्वाधार विकास कार्यक्रममा लागि १ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएको छ ।

प्रत्यक्ष निर्वाचन जितेका प्रदेशसभा सदस्यले २ करोड रुपैयाँ र  समानुपातिक पद्धतिबाट निर्वाचित प्रदेशसभा सदस्यले १ करोड रुपैयाँको योजना छनोट गर्न पाउनेछन् ।

प्रदेश सरकारले धरान उपमहानगरपालिकाको खानेपानी योजनाका लागि चार करोड रुपैयाँ विनियोजन गरेको छ ।

भुमिगत पानी उत्पादन र वितरण सुधारका लागि चार करोड विनियोजन गरेको मुख्यमन्त्री कार्कीले जानकारी दिए ।

साताकाे चर्चित
सम्बन्धित