एकीकृत व्यापार कम्पनी तथा ब्रम्हायणी हाइड्रो पावरको अध्यक्ष भरत प्रसाद पराजुली इपानको केन्द्रीय सदस्यमा निर्वाचित
एकीकृत व्यापार कम्पनी तथा ब्रम्हायणी हाइड्रो पावरको अध्यक्ष भरत प्रसाद पराजुली इपानको केन्द्रीय सदस्यमा निर्वाचित
    • Bell Sanchar

    • १ असार २०८०, शुक्रबार

काठमाडौं ।

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (ईप्पान)को २१औं वार्षिक साधारणसभा तथा कार्य समितिको निर्वाचनमा एकीकृत व्यापार कम्पनी तथा ब्रम्हायणी हाइड्रो पावरका अध्यक्ष सिन्धुपाल्चोक बलेफी ६ का भरत प्रसाद पराजुली इपानको केन्द्रीय सदस्यमा निर्वाचित हुनु भएको छ । आजै सम्पन्न साधारणसभा तथा कार्यसमितिको निर्वाचनबाट पराजुली केन्द्रीय सदस्यमा निर्वाचित हुनु भएको हो ।

लामो समय देखि हाईड्रो ब्यवसायमा लाग्नुभएका भरत पराजुली एक समाजसेवी समेत हुुनुहुन्छ । एकीकृत व्यापार कम्पनी मार्फत महत्वपुर्ण भुमिका निभाईरहनुभएका पराजुली सिन्धुपाल्चोकमा मात्र नभएर देशैभर चर्चा कमाउँदै गरेका ब्यवसायीहरुको अग्रपंतिमा देखिनु भएको छ ।

सामाजिक सेवामा बिशेष भुमिका निभाएको भन्दै राष्ट्रपतिबाट प्रदान गरिने पदक बाट बिभुषित भएपछि पराजूलीको चर्चा झन चुलिदै गएको थियो । सिन्धुपाल्चोकबाट स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (ईप्पान)को केन्द्रीय सदस्य जस्तो गरिमामय पदमा निर्वाचित भरत प्रसाद पराजुलीले उर्जा उत्पादनको क्षेत्रमा अझ नयाँ आयम थप्ने बिस्वास गरिएको छ ।

नेपाल (इप्पान)को अध्यक्षमा गणेश कार्की र वरिष्ठ उपाध्यक्षमा मोहन डाँगी उपाध्यक्षमा आशिष गर्ग, भरतकुमार खत्री, उत्तम भ्लोन लामा, रामप्रसाद आचार्य, र आनन्द चौधरी ,महासचिवमा बलराम खतिवडा, उपमहासचिवमा प्रकाशचन्द्र दुलाल , सचिवमा भरतप्रसाद नेपाल, भरतकुमार खड्का, कविता पोखरेल, विक्रम बिष्ट र हिम प्रसाद पाठक, कोषाध्यक्षमा नरेन्द्र बल्लभ पन्त सहित सबै पदाधिकारी निर्वाचित हुनु भएको छ । ३ जना महिला सदस्यमा ईशा श्रेष्ठ, सुसन कर्माचार्य र सुमन जोशी निर्विरोध निर्वाचित हुनु भएको छ ।

साताकाे चर्चित
सम्बन्धित