एमाले सचिव योगेशकुमार भट्टराई ,शंकाको सुविधा दिएर मधेशका मुख्यमन्त्रीलाई विश्वासको मत दियौं
एमाले सचिव योगेशकुमार भट्टराई ,शंकाको सुविधा दिएर मधेशका मुख्यमन्त्रीलाई विश्वासको मत दियौं
    • Bell Sanchar

    • १ असार २०८०, शुक्रबार

 काठमाडौं ।

नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले मधेशका मुख्यमन्त्रीलाई शंकाको सुविधा दिएर विश्वासको मत दिएको बताएका छन् ।

एमालेले मधेश प्रदेशको इन्चार्जको जिम्मेवारी दिएपछि पहिलो पटक जनकपुरधाम पुगेका एमाले सचिव भट्टराईले शंकाको सुविधाकै आधारामा एमालेले मधेश सरकारलाई विश्वासको मत दिएको बताएका हुन् ।

मधेश सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा मानवीय सूचकांकमा सबैभन्दा पछाडि परेको प्रदेश रहेकाले विकासको खाँचो रहेको बताए ।

प्रदेशको विकासका लागि कोही पनि विरोधी बन्नु नहुने उनको भनाइ छ । ‘मधेश प्रदेश आर्थिक र सामजिक रूपमा पछाडि परेको प्रदेश हो ।

यो प्रदेशको विकासमा हामी अवरोध बन्नु हुँदैन सोचेर नै मुख्यमन्त्रीजीलाई विश्वासको मत दिएका हौँ,’ उनले भने ‘यसमा हाम्रो कुनै राजनीतिक लेनदेन भएको होइन ।’ सचिव भट्टराईले नागरिकता समस्या समाधान गर्न फेरि नयाँ विधेयक नै ल्याउनुपर्ने स्पष्ट पारे ।

साताकाे चर्चित
सम्बन्धित