हुँदै नभएको स्थानमा पनि बजेट विनियोजन गरेर सरकारले गैरजिम्मेवार काम गर्‍यो : सोविता गौतम
हुँदै नभएको स्थानमा पनि बजेट विनियोजन गरेर सरकारले गैरजिम्मेवार काम गर्‍यो : सोविता गौतम
    • Bell Sanchar

    • १ असार २०८०, शुक्रबार

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले हुँदै नभएको स्थानमा पनि सरकारले बजेट विनियोजन गरेर गैरजिम्मेवार काम गरेको भन्दै आपत्ति जनाएकी छन् ।

काठमाडौंमा वडा नम्बर ३५ भनेर हुँदै नभएको वडाको नाममा पनि बजेट विनियोजन गरिएको उल्लेख गर्दै उनले असन्तुष्टि जनाइन् ।

शुक्रवार प्रतिनिधिसभा बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै सांसद गौतमले हुँदै नभएको ठाउँमा बजेट विनियोजन गर्ने र प्रिन्ट मिस्टेक भनेर सरकारले जवाफ दिने काम गरेकोमा आफूलाई पटक्कै चित्त नबुझेको बताइन् ।

‘आवश्यक्ताको आधारमाभन्दा पहुँचका आधारमा बजेट विनियोजन भएको महसुस भएको छ ।

यतिसम्म लापरबाही कि हुँदै नभएको स्थानको सृजना गरेरसमेत बजेट विनियोजन भएको छ,’ र्नले भनिन्, ‘रातो कितावमा काठमाडौं ३५ खहरे, मूलपानी… अन्यअन्य ।

तत्कालीन समयमा काठमाडौं ३५ थियो होला । संविधान जारी भएर दुइटा आवधिक निर्वाचन भइसक्यो । अझै पनि काठमाडौं ३५ ? कहाँबाट सृजना भयो ?’

साताकाे चर्चित
सम्बन्धित