प्रधानन्यायाधीशमा कार्की नियुक्त ,राष्ट्रपति रामचन्द्र पौडेलसँग लिए शपथ पद तथा गोपनियताको शपथ
प्रधानन्यायाधीशमा कार्की नियुक्त ,राष्ट्रपति रामचन्द्र पौडेलसँग लिए शपथ पद तथा गोपनियताको शपथ
    • Bell Sanchar

    • १ असार २०८०, शुक्रबार

काठमाडौं ।

प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की नियुक्त भएका छन् । उनले आजै राष्ट्रपति भवन शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसँग पद तथा गोपनियताको शपथ लिएका छन् ।

संसदीय सुनुवाइ समितिले दुई दिनको सुनुवाइपछि आज शुक्रबार नै कार्कीको नाम प्रधानन्यायधीशमा अनुमोदन गरेको थियो ।

आठ महिनायता कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा रहेका कार्की आगामी साउन २० गते सेवा निवृत्त हुँदैछन् ।

साताकाे चर्चित
सम्बन्धित