भ्रष्टाचारीहरूलाई एकैपटक जेलमा कोच्ने आफ्नो पार्टीको विचार , रवि लामिछाने
भ्रष्टाचारीहरूलाई एकैपटक जेलमा कोच्ने आफ्नो पार्टीको विचार , रवि लामिछाने
    • Bell Sanchar

    • ३ असार २०८०, आईतवार

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सबै भ्रष्टाचारीहरूलाई एकैपटक जेलमा कोच्ने आफ्नो पार्टीको विचार भएको बताएका छन् ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नो पार्टी अब देशमा गन्न नसकिने रूपमा अघि बढिसकेको बताए । ‘विचार छैन भन्छन्, विचारका बारेमा कुरा पछि गरौँला ।

यो देशका भएभरका भ्रष्टलाई एकैपटक जेल कोच्ने विचार छ,’ उनले भने ।

पार्टीलाई दुई तिहाइमा लैजानुपर्ने भएकाले अब खुद्रा कुरामा आफू नबोल्ने उनले स्पष्ट पारे । साना कुरामा बोल्ने समय आफूसँग नरहेको भन्दै अब सधैँ ठूला कुरामा मात्रै बोल्ने उनले बताए ।

साताकाे चर्चित
सम्बन्धित