पहिरोमा पुरिएर ताप्लेजुङमा बाबु-छोराको मृत्यु
पहिरोमा पुरिएर ताप्लेजुङमा बाबु-छोराको मृत्यु
    • Bell Sanchar

    • ४ असार २०८०, सोमबार

काठमाडौं ।

ताप्लेजुङको सिदिङ्वा ६ मेहेलेमा पहिरोमा पुरिएर सोमबार विहान बाबु-छोराको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायव उपरिक्षक राजन लिम्बुका अनुसार मृत्यु हुनेमा सिदिङ्वा-६ मेहेले मुकुभञ्ज्याङका केशरकुमार राई र उनका छोरा सुरेश कुमार छन्।

पहिरोमा पुरिएर गम्भीर घाइते भएका राईलाई उपचारका लागि जिल्ला अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले बताएको छ।

पहिरोमा परेर  थप एकजना गम्भीर घाइते भएका छन्।

सोही पहिरोमा परेका राजकुमार राई भने शक्त घाइते भएका छन्। उपचारका लागि लैजाने सबै बाटाहरु बन्द भएकाले विकल्प खोज्ने क्रम भईरहेको प्रहरीले जनाएको छ।

साताकाे चर्चित
सम्बन्धित