शरणार्थी प्रकरणमा दोस्रो चरणको कारवाही कहिले शुरू हुन्छ ,सांसदले सोधे
शरणार्थी प्रकरणमा दोस्रो चरणको कारवाही कहिले शुरू हुन्छ ,सांसदले सोधे
    • Bell Sanchar

    • ४ असार २०८०, सोमबार

काठमाडौं ।

नक्कली शरणार्थी प्रकरणमा दोस्रो चरणको कारवाही कहिले शुरू हुन्छ भनेर एक सांसदले सरकारसँग जवाफ माग गरेका छन् ।

सोमवार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा माओवादी सांसद रामकुमार राईले फरार अभियुक्तलाइ पक्राउ गर्ने र दोस्रो चरणको कार्वाही कहिले शुरू हुन्छ भनेर प्रश्न गरेका हुन् ।‘नक्कली शरणार्थी प्रकरणमा १६ जनालाई पुपक्षका लागि जेल पठाएको छ ।

फरार अभियुक्तलाई पक्रन कुन प्रोसेर चालिएको छ ? दोस्रो चरणको कारवाही कहिलेदेखि शुरू हुन्छ ?’ सांसद राईले सोधे, ‘भ्रष्टाचारको काण्ड कहिलेदेखि छानबिन हुन्छ ?’

प्रहरीले ३० जनाविरुद्ध मुद्दा चलाउँदै शरणार्थी प्रकरणमा संलग्नमाथि दोस्रो चरणको कारवाही चलाउने बताएको थियो ।

साताकाे चर्चित
सम्बन्धित