प्रधानमन्त्री दाहाल बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन गर्न गए
प्रधानमन्त्री दाहाल बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन गर्न गए
    • Bell Sanchar

    • ४ असार २०८०, सोमबार

काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन गरेका छन् ।

आज (सोमवार)दिउँसो संखुवासभाको तुम्लिङटार पुगेर उनले बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन गरेका हुन् ।

अवलोकनमा पुगेका प्रधानामन्त्री प्रचण्डले प्रमुख जिल्ला अधिकारीसँग जिल्लामा राहत र उद्दारका लागि भइरहेका गतिविधिबारे जिज्ञासा राखेका थिए । उनले उद्दार, राहत र बेपत्ताहरूको खोजी कार्यमा जिल्लाका सबै सरकारी संयन्त्रलाई निर्देशन दिँदै स्वयंसेवी संघसंस्थामा अपिल पनि गरे ।

प्रधानमन्त्रीले तत्कालै सडक सञ्जाल जोड्न बेलिब्रिज, घरबार विहीनलाई तत्काल स्थानान्तरण र भोलिको लागि आवासको व्यवस्था मिलाउन सरकारले तदारूकताका साथ काम गर्ने बताए ।

null

null

‘म अस्ति मात्र मेलम्ची गएको थिएँ । त्यहा जसरी आकस्मिक बाढीले धनजनको क्षति भएको थियो यहाँ पनि त्यसरी नै आकस्मिक रूपमा प्रकोप देखियो,’  उनले भने ।

उनीसँगै उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालालगायत पनि छन् ।

प्रधानमन्त्री आजै बाढीपहिरो प्रभावित ताप्लेजुङ र पाँचथरको अवलोकन गरी अपराह्न काठमाडौं फर्किने छन्  ।

इतवाबार परेको अबिरल वर्षाका कारण आएको बाढीपहिरोमा परी संखुवासभामा १ जनाको मृत्यु भएको छ भने १८ जनाभन्दा बढी बेपत्ता भएका छन्  ।

 

साताकाे चर्चित
सम्बन्धित