प्रदेशको नामकरणप्रति असन्तुष्ट आन्दोलनरत पहिचानवादी पक्ष र कोशी प्रदेश सरकारबीच पहिलो चरणको वार्ता
 प्रदेशको नामकरणप्रति असन्तुष्ट आन्दोलनरत पहिचानवादी पक्ष र कोशी प्रदेश सरकारबीच पहिलो चरणको वार्ता
    • Bell Sanchar

    • ४ असार २०८०, सोमबार

काठमाडौं।

प्रदेशको नामकरणप्रति असन्तुष्ट आन्दोलनरत पहिचानवादी पक्ष र कोशी प्रदेश सरकारबीच पहिलो चरणको वार्ता भएको छ ।

कोशी प्रदेश सरकारले बनाएको वार्ता टोली र पुनः नामकरण संघर्ष समितिबीच सोमवार बिहान वार्ता भएको वार्ता विनानिष्कर्ष सकिएको हो ।

पहिलो वार्तामा थप छलफल गर्ने सहमति भएको छ ।

विराटनगरको एक होटलमा पाँच घण्टा लामो छलफलमा छिट्टै अर्को वार्ता गर्ने सहमति भएको सरकारी वार्ता टोलीका संयोजक तिलकुमार मेनाङवोले बताए ।

पहिचान पक्षधर वार्ता टोलीका सदस्य कुमार लिङदेनले सकारात्मक छलफल भएको बताए ।

प्रदेशसभाले गत फागुन १७ गते प्रदेशको नाम कोशी पारित गरेसँगै पहिचानवादी दल तथा संगठनले सरकारविरुद्ध आन्दोलन गरेका थिए ।

साताकाे चर्चित
सम्बन्धित