मन्त्रालयगत शीर्षकमाथिको छलफल जारी
  मन्त्रालयगत शीर्षकमाथिको छलफल जारी
    • Bell Sanchar

    • ४ असार २०८०, सोमबार

काठमाडौँ  ।      
प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसहित तीन मन्त्रालयमाथिका शीर्षकको छलफल सकिएको छ ।

बैठकमा सञ्चार मन्त्रालयका साथै परराष्ट्र मन्त्रालय र ऊर्जा, जलस्रोत र सिँचाइ मन्त्रालयका विनियोजन शीर्षकमाथि सांसद्हरूले आफ्ना धारणा राख्नुभएको थियो ।

सांसद्हरूले नेपालको छविलाई अन्तर्राष्ट्रिय जगत्मा उँचो राख्न, ऊर्जा क्षेत्रमा लगानी वृद्धि गरी ठूला आयोजनाा समयमा सम्पन्न गराउन र प्रेस क्षेत्र तथा विद्युतीय मिडियालाई प्रभावकारी तुल्याउन आग्रह गर्नुभएको थियो । उहाँहरूले बजेट विनियोजन गर्दा सन्तुलितरूपमा विनियोजन गर्न पनि आग्रह गर्नुभयो ।

सो विधेयकअन्तर्गत आगामी बैठकमा सहरी विकास मन्त्रालय, खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका शीर्षकमाथि छलफल हुने सभामुख देवराज घिमिरेले बैठकमा अवगत गराउनुभयो । प्रतिनिधिसभाको अर्काे बैठक यही असार ५ गते मङ्गलबार बिहान ११ बजे बस्नेछ ।

साताकाे चर्चित
सम्बन्धित