अध्यक्ष ओली र चीनका राजदूत चेन सोङबीच शिष्टाचार भेटवार्ता
अध्यक्ष ओली र चीनका राजदूत चेन सोङबीच शिष्टाचार भेटवार्ता
    • Bell Sanchar

    • ५ असार २०८०, मंगलवार

काठमाडौं ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि चीनका राजदूत चेन सोङबीच शिष्टाचार भेटवार्ता भएको छ ।

ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा उनीहरूबीच सोमबार भेटवार्ता भएको एमाले कार्यालय सचिव डा भीष्म अधिकारीले जानकारी दिए ।
उनीहरूबीच द्विपक्षीय हित र आपसी सम्बन्धका बारेमा कुराकानी भएको अधिकारीको भनाइ छ ।

भेटमा एमालेका उपमहासचिव विष्णु रिमाल र चिनियाँ उच्च अधिकारीको सहभागिता रहेको थियो ।

साताकाे चर्चित
सम्बन्धित