गायक जेम्स प्रधान चलचित्र निर्देशनको तयारीमा
गायक जेम्स प्रधान चलचित्र निर्देशनको तयारीमा
    • Bell Sanchar

    • ५ असार २०८०, मंगलवार

काठमाडौँ  ।    
नेपाली गीतसङ्गीतमा गायक जेम्स प्रधान स्थापित नाम हुनुहुन्छ ।

तीन दशकदेखि गायनसँगै सङ्गीतकार, एरेन्जर, गीतकार, विज्ञापन निर्माताका रुपमा परिचित प्रधान निर्देशक पनि बन्नुभएको छ । छोटो चलचित्र ‘सर्ट टर्म मेमोरी लस’ मार्फत निर्देशकीय यात्राको प्रारम्भ गर्नुभएका उहाँले ठूलो पर्दाका लागि चलचित्र निर्देशन गर्ने योजना सुनाउनुभयो ।

“यी छोटा चलचित्रको निर्देशनलाई खुड्किलोका रुपमा बुझ्न सक्नुहुनेछ । किनकि म फरक फरक काममा आफूलाई प्रस्तुत गर्न चाहन्छु”, गायक प्रधानले भन्नुभयो, “मैले कागजमा धेरै कथा कोरिसकेको छु, त्यसलाई मूर्तरुप भने दिन सकेको छैन । निकट भविष्यमा मेरो निर्देशकीय क्षमतालाई ठूलो पर्दामा समेत प्रस्तुत गर्न चाहन्छु ।”

छोटो चलचित्रका लागि तयार गरिएको कथालाई उहाँले साङ्गीतिक भिडियोको स्वरूपसमेत दिनुभएको छ ।

“यो पनि मेरो एक प्रकारको भिन्नता दिने प्रयास नै हो । कथा एक हो तर यसलाई दुई प्रकारले प्रस्तुत गरेको छु”, गायक प्रधानले भन्नुभयो । आफूले धेरै चलचित्र हेर्ने भएकाले पनि निर्देशनमा रुचि बढेको उहाँले बताउनुभयो ।

साताकाे चर्चित
सम्बन्धित