सुदूरपश्चिमका आन्तरिक मामिला मन्त्री पृथ्वीबहादुर सिंह गाडी दुर्घटना हुँदा घाइते
सुदूरपश्चिमका आन्तरिक मामिला मन्त्री पृथ्वीबहादुर सिंह गाडी दुर्घटना हुँदा घाइते
    • Bell Sanchar

    • ५ असार २०८०, मंगलवार

 काठमाडौं ।

बझाङमा गाडी दुर्घटना हुँदा सुदूरपश्चिम सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंह घाइते भएका छन्।

मंगलबार डडेल्धुराबाट चैनपुर जानेक्रममा मन्त्री सवार गाडी बझाङको केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको हो।

सु प प्र ०१-००१ झ ४८० नम्बरको उक्त गाडी दुर्घटना हुँदा पुर्णरूपमा क्षतिग्रस्त भएको छ।

दुर्घटनामा परेर मन्त्री सिंहसहित अन्य ४ जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी जागेश्वर भण्डारी जानकारी दिए।

घदुर्घटनामा घाइतेहरूलाई उद्धारका लागि सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर आइरहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी सत्यकुमारी जोशीले जानकारी दिइन्।

 

 

साताकाे चर्चित
सम्बन्धित