राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य र स्थिर
राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य र स्थिर
    • Bell Sanchar

    • ६ असार २०८०, बुधबार

काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य स्थिति सामान्य र स्थिर रहेको अस्पतालले जनाएको छ ।

मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले बुधवार विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेलको अवस्था सामान्य र स्थिर रहेको जानकारी दिएको हो ।

राष्ट्रपति पौडेलको मुटुको चाल स्थिर रहन नसकेपछि मंगलवार स्थायी रूपमा ‘पेस मेकर’ राखिएको थियो ।

‘उपचारका क्रममा हिजो उहाँलाई स्थायी पेसमेकर राखिएको र हाल उहाँको स्वास्थ्य अवस्था सामान्य र स्थिर रहेको जानकारी गराइन्छ,’ सेन्टरका कार्यकारी निर्देशक प्रा. डा. रत्न मणि गजुरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ । मुटुमा समस्या देखिएपछि राष्ट्रपति पौडेल शनिवार बिहान ३ बजे अस्पतालमा भर्ना भएका थिए ।

साताकाे चर्चित
सम्बन्धित