प्रतिनिधिसभाले नयाँ अभ्यास सुरुवात
प्रतिनिधिसभाले नयाँ अभ्यास सुरुवात
    • Bell Sanchar

    • ६ असार २०८०, बुधबार

काठमाडौं ।

प्रतिनिधिसभाले नयाँ अभ्यास सुरुवात गरेको छ । प्रदेशका बहालवाला मन्त्रीको निधन हुँदा प्रतिनिधि सभाका बहालवाला माननीय सरह नै सम्मान प्रकट गर्ने अभ्यास सुरु गरेको हो ।

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिलामन्त्री पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा मंगलबार निधन भएको थियो ।

बुधबार बसेको संसदको पहिलो बैठकले मन्त्री सिंहको निधनमा शोक प्रस्ताव पास गरेको छ ।

शोक प्रस्ताव पास भएपछि बैठक स्थगित भयो ।

साताकाे चर्चित
सम्बन्धित