सुदूरपश्चिमका कानूनमन्त्री सिंहको पार्थिव शरीर धनगढी रङ्गशालामा
सुदूरपश्चिमका कानूनमन्त्री सिंहको पार्थिव शरीर धनगढी रङ्गशालामा
    • Bell Sanchar

    • ६ असार २०८०, बुधबार

काठमाडौं।

मङ्गलवार सडक दुर्घटनामा परी निधन भएका सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका धनगढी रङ्गशालामा राखिएको छ ।

मुख्यमन्त्री, मन्त्री तथा प्रदेशसभा सदस्यहरू धनगढी रङ्गशालामा पुगेर सिंहको पार्थिव शरीरमा श्रद्धाञ्जली दिएका छन् ।

धनगढीमा श्रद्धाञ्जली सभापछि अन्त्येष्टिका लागि गृह जिल्ला बझाङ लगिने पारिवारिक स्रोतले जनाएको छ ।

मन्त्री नियुक्त भएको ३०औं दिनमा पहिलोपटक गृह जिल्ला बझाङ जाने क्रममा सिंह सवार सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी बझाङको केदारस्यूँ गाउँपालिकाको धारछडा नजिकै दुर्घटना भएको थियो ।

साताकाे चर्चित
सम्बन्धित