सांसद ढकाल , सरकारले संघीय लोकतान्त्रिक गणतन्त्रको धज्जी उडायो
सांसद ढकाल , सरकारले संघीय लोकतान्त्रिक गणतन्त्रको धज्जी उडायो
    • Bell Sanchar

    • ६ असार २०८०, बुधबार

काठमाडौं ।

नेकपा एमालेका सांसद सूर्यप्रसाद ढकालले सरकारले  संघीय लोकतान्त्रिक गणतन्त्रको धज्जी उडाएको आरोप लगाएका छन्।

प्रतिनिधि सभामा मन्त्रालयगत बजेटमाथिको छलफलमा बोल्दै सांसद ढकालेले मसिना बजेटहरू पनि संघमार्फत विनियोजन गरेर सरकारले संघीयताको धज्जी उडाएको बताएका हुन्।

वडाले विनियोजन गर्नुपर्ने हजार र लाख लागत भएका विकासका योजनाहरूमा केन्द्र सरकारले बजेट विनियोजन गरेको ढकालको आरोप छ।

उनले कमसेकम पाँच करोडभन्दा माथिका विकासका योजनाहरूमा मात्र केन्द्र संघबाट विनियोजन हुनुपर्ने बताए।

‘तीन करोडभन्दा माथिका प्रदेशले प्रस्तुत गर्ने, तीनलाख भन्दा भन्दा माथिका पालिकाले गर्ने र दस हजार लाख सम्मका योजनाहरु वडाले गर्ने व्यवस्था हुनुपर्छ,’ उनले भने।

नेकपा एमालेका सांसद सूर्यप्रसाद ढकालले आगामी आर्थिक वर्षको बजेट हेर्दा सरकारले खेलकुदलाई रामभरोसामा छाडेको देखिने बताएका छन्।

सांसद ढकालले अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागी हुँदा जितेर आओस् भन्ने अपेक्षा राखेर मात्र नहुने बताए।

त्यसका लागि तयारीमा पर्याप्त लगानी गर्नुपर्नेमा बजेटमा त्यस्तो नदेखिएको उनले बताए।

साताकाे चर्चित
सम्बन्धित