एकीकृत समाजवादीको संसदीय दलको बैठक बस्दै
एकीकृत समाजवादीको संसदीय दलको बैठक बस्दै
    • Bell Sanchar

    • ७ असार २०८०, बिहीबार

काठमाडौं ।

नेकपा एकीकृत समाजवादीको संसदीय दलको बैठक आज बस्दै छ । बैठक आज दिउँसो २ बजे बस्ने सो पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

उनका अनुसार बैठकमा सरकारले संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को बजेट लगायतका विषयमाथि छलफल हुने छ ।

बजेट असन्तुलित भएको भन्दै एकीकृत समाजवादीले असन्तुष्टि जनाएको छ ।

सत्ता गठबन्धनका शीर्ष नेताहरुको गृहजिल्लामा मात्र बजेट विकास बजेट केन्द्रित गरेर अन्यत्र उपेक्षा गरिएको एकीकृत समाजवादीका नेताहरुको आरोप छ । उनीहरुले यथास्थितिमा बजेट पास गर्न नदिने सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन् ।

साताकाे चर्चित
सम्बन्धित