नारायणी नदी किनारका अनधिकृत संरचना हटाउन भरतपुर महानगरको सूचना
नारायणी नदी किनारका अनधिकृत संरचना हटाउन भरतपुर महानगरको सूचना
    • Bell Sanchar

    • ७ असार २०८०, बिहीबार

चितवन ।

चितवनको भरतपुर महानगरपालिकाले नारायणी नदीको तटीय क्षेत्रमा अतिक्रमण गरेर बनेका अनाधिकृत संरचनाहरु हटाउन ३५ दिने सूचना जारी गरेको छ ।

महानगरले नदीको क्षेत्राधिकार र सार्वजनिक जग्गामा बनेका होटल तथा अन्य संरचनाहरु ३५ दिनभित्र आफैं हटाउन सूचना मार्फत निर्देशन दिएको छ ।

आजदेखि लागु हुने गरी ३५ दिन भित्रमा ति संरचना नहटाएमा महानगरपालिका आफैंले हटाउने सूचनामा उल्लेख गरिएको छ ।

भरतपुर महानगरपालिका वडा नं. १ देखि वडा नं. २८ सम्म करिब ३८ किलोमिटर लामो नदी किनारमा बनेका संरचनालाई हटाउन महानगरले भनेको छ ।

महानगरले नारायणी नदीको तटवन्ध र नारायणीको पुल माथिको भागलाई सी बीच मोडलमा पूर्वाधार निर्माण गरिरहेको छ ।

नदी तटीय क्षेत्रमा विभिन्न व्यावसायिक संघसंस्थादेखि विभिन्न सामाजिक संघ संस्थाहरुले भवन बनाएका छन् ।

सार्वजनिक जग्गामा विभिन्न समयमा पहुँचका भरमा बनेका यस्ता संरचना हटाउनुपर्ने चुनौती महानगरलाई छ ।

साताकाे चर्चित
सम्बन्धित