विश्वकप छनोटमा गुल्सन झाले वेष्ट इण्डिजको दोस्रो विकेट
विश्वकप छनोटमा गुल्सन झाले वेष्ट इण्डिजको दोस्रो विकेट
    • Bell Sanchar

    • ७ असार २०८०, बिहीबार

काठमाडौं ।

आईसीसी एकदिवसीय विश्वकप छनोटमा गुल्सन झाले वेष्ट इण्डिजको दोस्रो विकेट लिएका छन् ।

जिम्बाव्वेको हरारे स्पोर्टस क्लबमा गुल्सनले खातै खोल्न नसकेका जोन्सन चार्ल्सलाई विकेट किपरले आसिफ शेखको हातबाट क्याच गराएका हुन् ।

यसअघि करण केसीले केल मयर्सको विकेट लिएका थिए ।

वेष्ट इण्डिजले ४.१ ओभरमा २ विकेट गुमाएर ९ रन मात्र बनाएको छ ।

नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर फिल्डिङ रोजेपछि वेष्ट इण्डिजले ब्याटिङ गरेको हो ।

साताकाे चर्चित
सम्बन्धित