प्रधानमन्त्री दाहाल ,राष्ट्रिय गौरवका आयोजनालाई बजेट अभाव हुन दिँदैनौं
प्रधानमन्त्री दाहाल ,राष्ट्रिय गौरवका आयोजनालाई बजेट अभाव हुन दिँदैनौं
    • Bell Sanchar

    • ८ असार २०८०, शुक्रबार

काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय गौरवका आयोजनालाई सरकारले प्राथमिकतामा राखेर बजेट सुनिश्चित गर्ने बताएका छन् ।
प्रतिनिधिसभामा सांसदहरूसँगको प्रश्नोत्तरका जवाफ दिँदै प्रधानमन्त्रीले गौरवका आयोजनाले बजेट पाउने बताएका हुन् ।

राष्ट्रिय गौरवका आयोजनामा बजेट सुनिश्चत गरिएको छ । कम बजेट भए पनि थप बजेट व्यवस्था गर्ने गरी सरकार अघि बढ्छ,’ सांसद अच्युतप्रसाद मैनालीको प्रश्नमा प्रधानमन्त्रीले भने, ‘निजगढको अन्तर्राष्ट्रिय विमानस्थलको साइट क्लियरेन्स आगामी आर्थिक वर्षमा गर्छौं ।

गौरवका आयोजनामा जग्गा अधिग्रहण सरकारको प्राथमिकतामा रहेको छ ।’ युद्धमा नेपालीलाई रुसको पक्षबाट दिइएको प्रवेशबारे भने प्रधानमन्त्रीले प्रष्ट जवाफ दिएनन् ।

‘अन्तर्राष्ट्रिय राजनीतिमा घटेका घटनामा सरकारको गहिरो ध्यान छ,’ युद्धमा रुसको पक्षबाट नेपाली युवाको संलग्नताबारे सोधेको जवाफमा प्रधानमन्त्रीले भने ।

साताकाे चर्चित
सम्बन्धित