मधेश प्रदेशमा कम बजेट विनियोजन गरिएको भन्ने कुरा सत्य नभएको, प्रधानमन्त्री दाहाल
मधेश प्रदेशमा कम बजेट विनियोजन गरिएको भन्ने कुरा सत्य नभएको, प्रधानमन्त्री दाहाल
    • Bell Sanchar

    • ८ असार २०८०, शुक्रबार

काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी आर्थिक वर्षको बजेटमा मधेश प्रदेशमा कम बजेट विनियोजन गरिएको भन्ने कुरा सत्य नभएको बताएका छन् ।

शुक्रवार प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नउत्तर कार्यक्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले संघीयताको मर्म अनुरूप संघबाट प्रदेश र स्थानीय तहमा हुने वित्तीय हस्तान्तरणको १५ प्रतिशतभन्दा बढी रकम मधेश प्रदेशमा जाने गरेको बताए ।
संघबाट सञ्चालन हुने पूर्वपश्चिम राजमार्ग पथलैया वीरगञ्ज करिडोर चन्द्रपुर गौर राजमार्ग, हुलाकी राजमार्ग, सुनकोशी मरिनडाइभर्सन, बागमती कमला चन्द्रनहर लगायतका सिंचाई आयोजना विभिन्न औधोगिक पूर्वाधार तथा व्यापारीक पूर्वाधार आयोजना तराईं मधेशलाई लक्षित गरी नै अगाडि बढाएको उनले बताए ।तराई मधेश समृद्धि कार्यक्रम, मधेशलाई काठमाडौंसँग जोड्ने द्रुतमार्गलगायत ठूला परियोजना पनि मधेश प्रदेशमा पर्नेमा तीनको समयवद्ध कार्यान्वयनको लागि बजेट विनियोजन गरिएको उनले बताए ।

‘मधेश प्रदेशमा कम बजेट विनियोजन भयो भन्ने कुरा साँचो होइन,’ उनले भने, ‘संघीयताको मर्म अनुरूप संघबाट प्रदेश र स्थानीय तहमा हुने वित्तीय हस्तान्तरणको १५ प्रतिशतभन्दा बढी रकम मधेश प्रदेशमा जाने गरेको छ ।’

साताकाे चर्चित
सम्बन्धित