राराको प्रचार गर्दै आएका राउटेलाई कनकासुन्दरी पालिकाले सम्मान स्वरुप १० हजार
राराको प्रचार गर्दै आएका राउटेलाई कनकासुन्दरी पालिकाले सम्मान स्वरुप १० हजार
    • उमेश बुढा

    • २६ भाद्र २०८०, मंगलवार

जुम्ला ।

दैलेख देखि हिडेर रारा घुमेर आएका राउटे जातीका बाह्र भाई मस्टाका धामी मानविर शाहीलाई कनकासुन्दरी गाउँपालिकाले सम्मान स्वरुप १० हजार रुपैयाँ दिएको छ ।

समाजले राउटे भनेर अपहेलित गर्ने गरेका राउटे जातीका शाहीले आफ्ना ज्वाई शेर वहादुर शाही र उनका भाई प्रकाश शाहीलाई दैलेखबाट ल्याएर मुगु जिल्लामा रहेको रारा तालमा पुगेर राराको प्रचार प्रसार गर्दै हिडेका छन् ।

समाजमा राउटे समुदाय र राउटे जाती भनेर हेप्ने गरेका छन् । अब हामी राउटेले पनि रारा पुगेर राराको प्रचार गर्नु पर्छ, भनेर रारा आएको शाहीले बताए ।

कनकासुन्दरी गाउँपालिकाले उनिहरुलाई लगाउने एक एक जोडा कपडा किनेर सम्मान गर्ने भनेको थियो । तर राउटे जातीका लगाउने भेषभुषाका कपडा नपाए पछि उनिहरुलाई सम्मान स्वरुप १० हजार दिएको कनकासुन्दरी गाउँपालिका कावा अध्यक्ष विष्णु बडुवालले बताउनु भयो ।

यसरी सम्मन पाउँदा हामी खुसी भएका छौँ शाहीले भने , हाम्रो अस्थायी बसोवास दैलेख जिल्ला हो ।

राउटे जाती लोपोन्मुख जाती हो । तर समाज र राष्ट्रले राउटे समुदायलाई राम्रो दृष्टिकोणबाट नहेरेता पनि अहिले रारा पुगेर राराको प्रचार गरेर ठुलो कार्य गरेका छन् ।

साताकाे चर्चित
सम्बन्धित