एन्फाको नेतृत्व बर्खास्त सम्बन्धी निवेदन अनुशासन समितिमा पठाइयो
एन्फाको नेतृत्व बर्खास्त सम्बन्धी निवेदन अनुशासन समितिमा पठाइयो
    • Bell Sanchar

    • २९ भाद्र २०८०, शुक्रबार

काठमाडौं ।

अखिल नेपाल फुटबल संघ एन्फाको अध्यक्ष र महासचिव बर्खास्तीको मागसहित बहुमत सदस्यले विशेष साधारण सभा माग गर्दै दर्ता गरेको निवेदन छलफलका लागि एन्फा अनुशासन समितिमा पठाइएको छ ।

एन्फा पूर्व अध्यक्ष कमी छिरिङ शेर्पाको नेतृत्वमा एन्फाका ४९ सदस्य संस्था (क्लव/जिल्ला)ले वर्तमान नेतृत्वले काम गर्न नसकेको र फुटबलको भविष्य झन धरासयी हुने भन्दै अध्यक्ष पंकज विक्रम नेम्वाङ र महासचिव किरण राईलाई बर्खास्त गर्नु पर्ने  माग गर्दै विशेष साधारण सभा बोलाउन निवेदन पेस गरेका थिए ।

भदौ २५ गते दर्ता नम्बर २२२ रहेको उक्त निवेदन एन्फासा प्राप्त भएको र विशेष साधारण सभा सम्बन्धमा निवेदन उपर छलफल गर्न तथा प्रक्रियालाई अगाडि बढाउन उक्त निवेदनलाई एन्फा अनुशासन समितिमा पठाएको व्यहोरासहित महासचिव किरण राईले निवेदनकर्ताहरुलाई शुक्रबार जानकारीसहितको पत्र पठाएका छन् ।

निवेदनका हस्ताक्षर गर्ने केही सदस्य संस्थाहरुले विशेष साधारण सभा मागको सम्बन्धमा हस्ताक्षर गरेको तर बर्खास्तीको विषयमा हस्ताक्षर नगरेको भन्दै एन्फामै निवेदन दइएकोले त्यस विषयमा थप छलफल गर्न अनुशासन समितिमा पठाएको एन्फा प्रवक्ता सुरशे शाहले जानकारी दिए ।

‘निवेदनको विषयमा सबैको वास्तविकता बुझ्न र प्रक्रिया अनुसार स्वतन्त्र तरिकाले हेरोस् भनेर अनुशासन समितिमा पठाएको हो’, शाहले भने ।

उनले एन्फामा नियमित रुपमै निवेदन दर्ताको प्रक्रिया हुने तर वैधानिक प्रक्रिया के हुन्छ भने हेरिने जानकारी दिए । ‘त्यस निवेदनलाई पनि सचिवालयले हेरेर वास्तविकता के हो बुझ्नका लागि पठाएको हो’, उनले भने ।

यदी यो प्रक्रिया अनुसार सबै पूरा भएमा एन्फाले ३० दिनभित्र विशेष साधारण सभा बोलाउनु पर्ने व्यवस्था छ ।

एन्फाका ४० प्रतिशत सदस्य संस्थाले हस्ताक्षर गरेर निवेदन दिएमा ३० दिनभित्र विशेष साधारणसभा बोलाउनुपर्ने व्यवस्था छ । र त्यसमा दुई तिहाई बहुमत सदस्यले अध्यक्षको बर्खास्तीको विषयलाई पारित गरेमा बर्खास्त हुने व्यवस्था छ ।

साताकाे चर्चित
सम्बन्धित