कनकासुन्दरीमा बाढीपहिरोले टच पुल भत्कायो
कनकासुन्दरीमा बाढीपहिरोले टच पुल भत्कायो
    • उमेश बुढा

    • ३० भाद्र २०८०, शनिबार

जुम्ला ।

जुम्लाको कनकासुन्दरी १ स्थित थार भन्ने ठाउँमा रहेको टच पुल शुक्रबार बेलुका बाढीपहिरो आएर भत्काएको छ ।

भदौ २९ गते बेलुका ५ बजेतिर अविरल वर्षा भए पछि बाढी आएको हो । बाढीले साना साना खोलाले ढुङ्गा, माटो काठ बगाएर ल्याए पछि हिमा नदीमा पुगेर पुल बत्काएको हो ।

शनिवार बिहान प्रहरी चौकी चौथाबाट प्रहरीको टोली घटना स्थलमा पुगेको वडा सदस्य बिजुली बुढाले बताउनु भयो ।

सदस्य बुढाका अनुसार सोही ठाउँ बस्ने सौराम बुढाको भौतिक क्षति गरेको छ । जस्मा कुखुरा १० वटा खोलाले बगाएर लिएको छ । भने ३ वटा खोजेर मरेका भेटिएका छन् । उनले भनिन् काठ पनि बगाएको ५० थान कडी, ८० पलेक र खानेपानीको पाइप पनि बगाएको छ ।
सो पुलबाट चौथा, थारका मानिसहरु लेक, वनपाखातिर दाउरा, स्याउला र पशुचौपायाहरु चराउनको लागि आवतजावत गर्थे तर हिजो आएको बाढीपहिरोले बगाएपछि स्थानीय चिन्तित भएका छन् ।

यस्तै गरि गत सालको असोज महिनामा पनि कनकासुन्दरीमा बाढीपहिरोले जनधनको ठुलो क्षति गरेको थियो । स्थानीय सरकाले बाढीपहिरो रोकथामको लागि खासै पहल चालेको देखिदैन् ।

साताकाे चर्चित
सम्बन्धित