जुम्लाको स्वास्थ्य क्षेत्र: सिँजा प्रथम गुठिचौर अन्तिम
जुम्लाको स्वास्थ्य क्षेत्र: सिँजा प्रथम गुठिचौर अन्तिम
    • उमेश बुढा

    • ३१ भाद्र २०८०, आईतवार

 

 जुम्ला ।

जुम्लाका एक नगरपालिका सहित सात गाउँपालिका मध्ये स्वास्थ्य क्षेत्रमा सिँजा गाउँपालिका प्रथम, गुठिचौर पालिका अन्तिम भएको छ । आर्थिक वर्ष २०७९ , ०८० मा स्वास्थ्य सेवा प्रवाह स्वास्थ्य कार्यक्रमहरु उत्पादन तथा व्यवस्थापनमा प्रथम र अन्तिम भएका छन् ।

जनसेवा कार्यालय जुम्लाले आव २०७९ , ०८० मा सम्पादित स्वास्थ्य कार्यालयहरुको जिल्ला स्तरीय वार्षिक प्रगती समिक्षा तथा योजना तर्जुमा गोष्ठी आइतबार जुम्लाका स्थानीय तहमध्ये सिंजा गाउँपालिका प्रथम भएको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले जानकारी दिनु भयो ।

सिँजाले कूल १०० प्राप्ताङ्कको ७९. १ प्रतिशत अंक ल्याएर प्रथम भएको छ । दोस्रो चन्दननाथ नगरपालिका ७८ प्रतिशत तेस्रो हिमा गाउँपालिका ६४. ८ प्रतिशत ल्याएको कार्यालय प्रमुख सापकोटाको भनाई छ । कनकासुन्दरी ६१. ५ प्रतिशत, तातोपानी ५९.२, पातारासी ५८।९ , तिला ५७ प्रतिशत र गुठिचौरले ५५।२ प्रतिशत अंक ल्याएको सेवा कार्यालय जुम्लाले जनाएको छ ।

अघिल्लो आवमा आफ्नो पालिकामा भए गरेका स्वास्थ्य कार्यक्रम तथा प्रगति विवरण मध्ये सिँजा गाउँपादिका प्रथम भएको छ । भने गुठिचौर गाउँपालिका अन्तिम भएको छ ।

साताकाे चर्चित
सम्बन्धित