जानकी मन्दिरमा पूजापाठ गरे राष्ट्रपति पौडेलले
जानकी मन्दिरमा पूजापाठ गरे राष्ट्रपति पौडेलले
    • Bell Sanchar

    • ८ आश्विन २०८०, सोमबार

काठमाडौं

राष्ट्रपति रामचन्द्र पौडेलले जनकपुरधामस्थित जानकी मन्दिरमा पूजापाठ गरेका छन्।

सोमबार बिहान जनकपुरधाम आएका राष्ट्रपति पौडेल मन्दिरमा पूजापाठ गरेर मन्दिर क्षेत्रको अवलोकन गरेका हुन्।

पूजापाठ पछि रास्ट्रपति पौडेललाई मन्दिरका महन्त रामतपेश्वर दासले मायाको चिनोस्वरूप जानकी मन्दिर अंकित तस्बिर दिएका थिए।

उनीसँगै मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि, नेकपा एमालेकी नेता जुलीकुमारी महतो, प्रदेश सरकारका मन्त्रीहरू रहेका थिए।

पूजा गरेर राष्ट्रपति पौडेल प्रदेश प्रमुख निवास गएका छन्। उनलाई दिउँसो १ बजे नागरिक अभिनन्दन गर्ने कार्यक्रम रहेको छ। नागरिकता विधेयक प्रमाणीकरण गरेकाले उनलाई नागरिक अभिनन्दन गर्न लागिएको हो।

पौडेलले जनकपुरधामस्थित महेन्द्रनारायण निधि मिथिला साँस्कृतिक केन्द्रको उद्घाटन गर्ने कार्यक्रम छ।

पौडेलको स्वागतमा जनकपुरधाम उपमहानगरपालिकाले नागरिक अभिनन्दन कार्यक्रम आयोजना गरेको छ।

सोमबार दिउँसो १ बजेबाट सांस्कृतिक केन्द्र सभा हलमा सो कार्यक्रम आयोजना हुनेछ।

साताकाे चर्चित
सम्बन्धित