जुम्लामा १६ वर्षकी सुमित्रा बुढा गाउँपालिका अध्यक्ष बनिन्
जुम्लामा १६ वर्षकी सुमित्रा बुढा गाउँपालिका अध्यक्ष बनिन्
    • उमेश बुढा

    • २४ आश्विन २०८०, बुधबार

 

 जुम्ला ।

जुम्लाको कनकासुन्दरी गाउँपालिकामा १६ वर्षकी सुमित्रा बुढा १ दिने गाउँपालिका अध्यक्ष बनेकी छन् ।

अध्यक्ष बुढा कोइलीचरी माध्यमिक विद्यालय कक्षा १० मा अध्यानरत छात्रा हुन् । उनि उक्त पालिकाको वडा नम्बर ३ गौरी गाउँमा जन्मेकी हुन् ।

क्याड नेपाल जुम्लाको आयोजना , प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग र कनकासुन्दरी गाउँपालिकाको समन्वयमा १ दिने अध्यक्ष कार्यक्रम सम्पन्न भएको क्याड नेपाल जुम्लाकी परियोजना अधिकृत सोनु श्रेष्ठले बताउनु भयो ।

किशोरीलाई १ दिने गाउँपालिका अध्यक्ष बनाउनुको मुख्य उद्येश्य भनेको किशोरीहरुले पनि भविष्यमा स्थानीय , प्रदेश र संघ सरकारको गरिमामय पदमा रहेर नेतृत्व गर्न सक्छन् । र किशोरीहरुको हकहितका लागि लड्न ,आवाज उठाउन र किशोरीलाई सुरक्षित राख्नको लागि यो कार्यक्रम गरेको परियाजना अधिकृत श्रेष्ठले बताइन् ।

सबै संरचनाहरु बालमैत्री , किशोरीमैत्री , अपाङ्गमत्री र विभेद रहित तथा समावेशीताको सिद्धान्त अनुसार हुनुपर्दछ । अध्यक्ष बुढाले भनिन् । हाम्रो घर , विद्यालय , तपाईंको संस्था पालिका सबैमा यो सिद्धान्त लागू गर्न विशेष पहल गर्न आग्रह गर्नु भएको छ ।

म एक दिने पालिका अध्यक्ष भएर विकासका काम १ दिनमै सम्पन्न गर्न सक्दिन भन्ने महसुस भएको छ । तर १ दिनमा पनि बालबालिका र किशोरीहरुको हकहितका लागि सम्बन्धि निकायमा आवाज उठाएर पहल गरेकी छु , बुढाले बताइन् ।

प्रत्येक विद्यालयमा सौचालय मैत्री बनाएको र किशोरीका लागि प्याडको व्यवस्था गरेको पालिका अध्यक्ष दामोदर प्रसाद आचार्यले बताए ।

१ दिने पालिका अध्यक्ष बन्नु भएको किशोरी सुमित्रा बुढालाई बधाई दिदै भविष्यमा अध्यक्ष पदमा मात्र नभएर जनप्रतिनिधिका हरेक पदमा किशोरीले गर्नेछन् । भन्ने आसा राखेको छु ।अध्यक्ष आचार्यले भने , बालबालिका र किशोरीका हकहित र सुरक्षाको लागि राख्नु भएका कुरालाई ध्यानमा राखेर काम गर्न लाग्ने पनि आचार्यले बताए ।

बालिका र किशोरी भनेका भोलिको देशको कर्णधार मात्र नभएर आजका साझेदारहरु पनि हुन् । उनिहरुको सर्वागीर्ण विकासले देशको उज्जवल भविष्य निमार्ण हुन्छन् । संविधानको धारा ३८ र ३९ ले बालबालिकाको अधिकारको निम्ति विशेष व्यवस्थापन समेत गरेको छ ।

एक दिने किशोरीलाई अध्यक्ष बनाउने कार्यक्रम खासै गाउँपालिका अध्यक्षको कार्यकक्षमा अध्यक्ष बनाउनु पर्ने हो । पालिकाको अध्यक्षको कुर्चीमा बसाल्नु पर्ने कार्यक्रम हो । तर कनकासुन्दरी गाउँपालिका अध्यक्ष दामोदर प्रसाद आचार्यले आफ्नो कार्यकक्ष र आफ्नो कुर्चीमा बसाल्न भने मान्नु भएन, परियोजना अधिकृत श्रेष्ठले गुनासो गर्नु भयो ।

गाउँपालिका अध्यक्षको कार्यकक्षमा १० बजे पछाडी कार्यक्रम गर्दा सेवा लिने सेवाहीलाई कार्य गर्न र सेवा लिन समस्या हुन्छ । भनेर कार्यक्रम विहान ८ बजे राखेका थियौं तर पनि पालिका अध्यक्षले आफ्नो कार्यकक्ष र कुर्ची दिन मान्नु भएन । पछि कार्यक्रम गाउँपालिकाको हलमा गरेको श्रेष्ठले जानकारी दिनु भयो ।
अन्तर्राष्ट्रिय बालिका दिवशको अवसरमा क्याड नेपाल जुम्लाले एक दिने किशोरीलाई अध्यक्ष बनाउने कार्यक्रम गरेको हो ।

साताकाे चर्चित
सम्बन्धित