एकदिनका लागि बाल अधिकार परिषद् उपाध्यक्षको जिम्मेवारी बालिकालाई   
     एकदिनका लागि बाल अधिकार परिषद् उपाध्यक्षको जिम्मेवारी बालिकालाई   
    • Bell Sanchar

    • २५ आश्विन २०८०, बिहीबार

काठमाडौँ

राष्ट्रिय बाल अधिकार परिषद्को उपाध्यक्षको भूमिका एक दिनका लागि प्रतिकात्मकरुपमा एक बालिकालाई हस्तान्तरण गरिएको छ । अन्तर्राष्ट्रिय बालिका दिवसका अवसरमा किशोरीहरुलाई समावेशीकरण, सक्षमता र नेतृत्वको अनुभव गराउन बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) र प्लान नेपालको समन्वयमा परिषद्को पुल्चोकस्थित कार्यालयमा उपाध्यक्ष बमबहादुर बानियाँले कक्षा १० मा अध्ययनरत चञ्चल मण्डललाई जिम्मेवारी दिनुभएको हो ।

उपाध्यक्ष बानियाँले बालबालिकाको संरक्षण र नीतिगत मुद्दामा अगुवाइ र समन्वय गर्दै आएको परिषद्ले बालबालिकाको नेतृत्व विकास र अधिकारका संरक्षणमा काँधमा काँध मिलाएर काम गर्दै आएको बताउनुभयो । बालिका मण्डलले बालश्रम, बालविवाह, कुपोषण र विभेदबाट जोगाएर बालबालिकालाई मनोरञ्जनात्मक वातावरण विद्यालयमा पढाउनुपर्ने बताउनुभयो ।

सिजपका महासचिव तिलोत्तम पौडेलले किशोरीहरु नेतृत्व र सहकार्य गर्न सक्षम छन् भन्ने सन्देश दिन यस्ता कार्यक्रम गरिएको जनाउनुभयो । सो अभियानले बुधबार संसदीय समितिका सदस्यको भूमिकामा पनि बालिकालाई पद हस्तान्तरण कार्यक्रम आयोजना गरेको थियो ।

साताकाे चर्चित
सम्बन्धित