काठमाण्डौं उद्योग वाणिज्य संघको मेला प्रदर्शनी तथा प्रकाशन समिति संयोजकमा उज्जवल जंग शाह
काठमाण्डौं उद्योग वाणिज्य संघको मेला प्रदर्शनी तथा प्रकाशन समिति संयोजकमा उज्जवल जंग शाह
    • Bell Sanchar

    • २९ आश्विन २०८०, सोमबार

काठमाण्डौं

काठमाण्डौं उद्योग वाणिज्य संघको मेला प्रदर्शनी तथा प्रकाशन समिति संयोजकमा उज्जवल जंग पराक्रम शाह नियुक्त हुनुभएको छ । काठमाण्डौं उद्योग वाणिज्य संघका कार्यकारिणी सदस्य शाहलाई संघका अध्यक्ष दिनेश श्रेष्ठले उक्त जिम्मेवारी दिनुभएको हो । उज्जवल जंग शाह संचार उद्यमी साथै बरिष्ठ आर्थिक पत्रकार हुनुहुन्छ ।

काठमाडौंको बसन्तपुरमा जन्मनुभएका शाह विगत २५ बर्ष देखी निरन्तर संचार क्षेत्रमा सकृय रहदै आउनु भएको छ । यस माझमा उहाँले बजार व्यवस्थापक, संचारगृह संचालक र सम्पादकको अनुभव संगालिसक्नु भएको छ ।

कर्पोरेट म्यागाजिन तथा कर्पोरेट खबर डटकमका संचालक एवम् सम्पादक शाह नेपालमा आर्थिक पत्रकारिता अन्तर्गत कर्पोरेट धारसँग सम्बन्धित रहेर कलम जलाउने अग्रणी संचारकर्मीमा पर्नुहुन्छ ।

त्यसो त उहाँको विभिन्न क्षेत्रमा लगानी रहेको छ । त्यसो त उज्जवल जंग शाह अटो पत्रकार संघका संस्थापक अध्यक्ष तथा नेपालको अग्रणी व्युटि शैलुन फेसियल हाउसका सल्लाहकार समेत हुनुहुन्छ ।

निजी क्षेत्रसँग निकट सम्बन्ध भएका शाह यस क्षेत्रका समस्या र देशको आर्थिक अवस्थाका बारेमा गहिरो ज्ञान राख्नुहुन्छ । उहाँले निजी क्षेत्रका समस्यालाई हल गर्न नसक्दासम्म देशले फडको मार्न नसक्न भनाई राख्दै आउनुभएको छ ।

साताकाे चर्चित
सम्बन्धित