अवैध रुपमा काठमाडौँ ल्याउँदै गरेको १० क्वीन्टल चिनी काभ्रेबाट बरामद
अवैध रुपमा काठमाडौँ ल्याउँदै गरेको १० क्वीन्टल चिनी काभ्रेबाट बरामद
    • Bell Sanchar

    • १७ कार्तिक २०८०, शुक्रबार

काठमाडौं

तराई मधेशका जिल्लाबाट लुकाईछिपाई ल्याउँदै गरेको १० क्वीन्टल चिनी प्रहरीले काभ्रेबाट बरामद गरेको छ।

बीपी राजमार्ग हुँदै पूर्वी तराईका विभिन्न स्थानबाट पोकापोकी बनाएर ल्याइएको चिनी प्रहरीले काभ्रेबाट बरामद गरेको हो। बिहीबार बिहान १० बजेदेखि दिउँसो साढे चार बजेसम्म चेकजाँचको क्रममा चिनी बरामद भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

नेपाल प्रहरी र ट्राफिक प्रहरीको संयुक्त टोलीले बीपी राजमार्गअन्तर्गत काभ्रेको धुलिखेल नगरपालिका–९ स्थित काभ्रेभञ्ज्याङबाट बिहीबार सवारीसाधन जाँचका क्रममा ३३ बोरामा लुकाइछिपाई ल्याएको १० क्विन्टल चिनी बरामद गरेको हो।

जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार बीपी राजमार्ग भएर अवैधरूपमा चिनी भित्रने गरेको छ। प्रहरीले बीपी राजमार्गमा अहिले नियमितरुपमा यातायातका साधन जाँच गर्न थालेको छ।

प्रहरीले यसअघि कात्तिक पहिलो साता बीपी राजमार्गबाट राजस्व छली गरेर ल्याएको ९२ बोरा चिनी ट्रकबाट बरामद गरेको थियो। ट्रकमा धानको बोराले छोपी ल्याएको ९२ बोरा चिनी र २८ बोरा धान बरामद गरी प्रहरीले ट्रक नियन्त्रणमा लिएको थियो।

साताकाे चर्चित
सम्बन्धित