बाघको आक्रमणबाट एक जनाको मृत्यु
बाघको आक्रमणबाट एक जनाको मृत्यु
    • Bell Sanchar

    • ८ मंसिर २०८०, शुक्रबार

चितवन ।

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा राप्ती नगरपालिका वडा नं १ दुवीचौरका ४३ वर्षीय हरि पौडेल रहेका छन् ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आज बिहान ९:४५ बजे पौडेलको मकवानपुरको मनहरी गाउँपालिका-६ लोथरस्थित राप्ती दोभानमा घाँस काट्न गएको बेला बाघको आक्रमणबाट मृत्यु भएको हो ।

साताकाे चर्चित
सम्बन्धित