जुम्लाका ४०० विद्यार्थीलाई लायन्स क्लव ईन्टरनेस्नल डिष्ट्रिक्ट काठमाडौं पद्दमशम्भवले शैक्षिक सामाग्री वितरण गर्‍यो
जुम्लाका ४०० विद्यार्थीलाई लायन्स क्लव ईन्टरनेस्नल डिष्ट्रिक्ट काठमाडौं पद्दमशम्भवले शैक्षिक सामाग्री वितरण गर्‍यो
    • वीर बहदुर राना

    • १० मंसिर २०८०, आईतवार

काठमाडौं ।

लायन्स क्लव काठमाडौं दक्षिणकाली डिष्ट्रिक्ट बाट आएको टोलीले जुम्लाको सिँजा गाउँपालिकाका चार सय जना विद्यार्थीलाई झोला, स्यानिटरी प्याड र शैक्षिक सामाग्री वितरण गरेको छ । सो क्लवका अध्यक्ष लायन प्रमोद कुमार पौडेल , द्वितिय उपाध्यक्ष लायन राधाकृष्ण श्रेष्ठ , जोन सेयरपर्सन लायन सुन्दर कुमार आचार्य ,जनसम्पर्क उपप्रमुख प्रा डा । लायन रामकृष्ण महर्जन , सदस्य लायन मुरारी बास्तोला र सदस्य लायन रामचन्द्र पाण्डेको टिम सिँजा गाउँपालिकामा आएर विद्यार्थीलाई झोला , स्यानीटरी प्याड विद्यार्थीका हातहातमा दिएको छ ।

स्कुल व्याक ४०० थान , कापी १७ ग्रस , बलपेन १२ सय पिस र स्यानीटरी प्याड ९१३ प्याकेट गाउँपालिकाको रोवरमा र मेडिया पाटनर बेल सचारको सहभागीतामा विद्यार्थीलाई वितरण गरेको लायन्स क्लव ईन्टरनेस्नल काठमाडौंका अध्यक्ष प्रमोद कुमार पौडेलले जानकारी दिनु भयो ।

भविष्यमा पनि क्लब र सिँजा गाउँपालिका बिचको सम्बन्धमा क्लबको तर्फबाट थप कार्यक्रमहरु पनि सञ्चालन गर्ने क्लबका अध्यक्ष पौडेलले बताए ।

सिँजा गाउँपालिकाका २२ वटा प्रत्येक विद्यालयबाट १० प्रतिशतको आधारमा छनोट गरिएका जम्मा ४०० सय विद्यार्थीलाई काठमाडौंबाट झोला , स्यानीटरी प्याट र शैक्षिक सामाग्री ल्याएर सिँजाका विद्यार्थीलाई सहयोग गर्नु हुने लायन्स क्लव काठमाडौंको पुरै टिमलाई स्वागत गर्दै धन्यवाद दिनु भयो पालिका अध्यक्ष पुर्ण प्रसाद धितालले ।

पालिकाको कार्यालय देखि सबैभन्दा टाढा रहेको महादेव आधारभूत विद्यालय स्याउल्याका सबै विद्यार्थीलाई दिने र अरु प्रत्येक विद्यालयलाई १० प्रतिशतको आधारमा दिने भनेर गाउँ कार्यपालिकाले निर्णय गरे अनुसार सामाग्री वितरण गरेको अध्यक्ष धितालले बताए ।

हामीले झोला , स्यानीटरी प्याड र शैक्षिक सामाग्री पाउँदा निकै खुसी भएका छौं । र लायन्स क्लव काठमाडौंलाई पनि विद्यार्थीले धन्यवाद दिएका छन् ।

सामाग्री वितरण कार्यक्रममा पालिका अध्यक्ष , उपाध्यक्ष , प्रमुख प्रशासकिय अधिकृत , वडा अध्यक्ष कार्यपालिका सदस्य विद्यार्थी , शिक्षक , प्रहरी , पत्रकार र भिविन्न संघ संस्थाका प्रमुखहरुको बाग्लो उपस्थिति रहेको थियो ।

साताकाे चर्चित
सम्बन्धित