वैकल्पिक उडानबाट छुटेका यात्रुलाई गन्तव्यमा पुर्‍याउँदै छौं– नेपाल वायु सेवा निगम
वैकल्पिक उडानबाट छुटेका यात्रुलाई गन्तव्यमा पुर्‍याउँदै छौं– नेपाल वायु सेवा निगम
    • Bell Sanchar

    • १४ मंसिर २०८०, बिहीबार

काठमाडाैं । 

नेपाल वायु सेवा निगमले बुधवार (२९ नोभेम्बर)मा काठमाडौं– दुबईको उडानमा छुटेका यात्रुलाई आज बिहीबार वैकल्पिक उडानबाट गन्तव्यमा पुर्‍याइने जनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भ्रमणका कारण नियमित उडान रिशेड्युल गरी राति साढे ९ बजे विमान उडेको थियो ।

निगमका प्रवक्ता रमेश पौडेलले बिहीबार एक विज्ञप्ति प्रकाशित गरी हिजो छुटेका यात्रुलाई आज गन्तव्यमा पुर्‍याउने व्यवस्था भएको जनाएका हुन् ।

‘यात्रुहरूको उपलब्ध इमेल, फोन नम्बर र ट्राभल एजेन्सीमार्फत शेड्युल परिवर्तन भएको जानकारी गराइएकोमा २७४ यात्रुमध्ये केही यात्रु उक्त उडानमा छुट हुन गएको पाइएकाले यसबाट यात्रु महानुभावमा पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दै आज उपलब्ध दैनिक उडानबाट सबै यात्रुलाई गन्तव्यमा पुर्‍याउने प्रबन्ध मिलाइएको जानकारी गराइन्छ,’ निगमको विज्ञप्तिमा भनिएको छ ।

हेर्नुहोस्, विज्ञप्ति :

null

साताकाे चर्चित
सम्बन्धित